< 3 Mosebog 7 >

1 Dette er Loven om Skyldofferet. Det er højhelligt
दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो ।
2 Der, hvor Brændofferet slagtes, skal Skyldofferet slagtes. Dets Blod skal sprænges rundt om på Alteret,
दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् ।
3 og alt dets Fedt skal frembæres. Fedthalen, Fedtet, der dækker Indvoldene, og alt Fedtet på Indvoldene,
त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,
4 begge Nyrerne med det Fedt, som sidder på dem ved Lændemusklerne, og Leverlappen, som skal skilles fra ved Nyrerne.
दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू ।
5 Og Præsten skal bringe det som Røgoffer på Alteret, et Ildoffer for HERREN. Det er et Skyldoffer.
पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।
6 Alle af Mandkøn blandt Præsterne må spise det; på et helligt Sted skal det spises; det er højhelligt.
पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।
7 Det er med Skyldofferet som med Syndofferet, en og samme Lov gælder for dem: Det tilfalder den Præst, der skaffer Soning ved det.
पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् ।
8 Den Præst, som frembærer nogens Brændoffer, ham skal Huden af det Brændoffer, han frembærer, tilfalde.
अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ ।
9 Ethvert Afgrødeoffer, der bages i Ovnen, eller som er tilberedt i Pande eller på Plade, tilfalder den Præst, der frembærer det;
चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।
10 men ethvert Afgrødeoffer, der er rørt i Olie eller tørt, tilfalder alle Arons Sønner, den ene lige så vel som den anden.
सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ ।
11 Dette er Loven om Takofferet, som bringes HERREN.
परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।
12 Hvis det bringes som Lovprisningsoffer, skal han sammen med Slagtofferet, der hører til hans Lovprisningsoffer, frembære usyrede Kager, rørte i Olie, usyrede Fladbrød, smurte med Olie, og fint Hvedemel, æltet til Kager, rørte i Olie;
यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् ।
13 sammen med syrede Brødkager skal han frembære sin Offergave som sit Lovprisningstakoffer.
साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् ।
14 Han skal deraf frembære een Kage af hver Offergave som en Offerydelse til HERREN; den tilfalder den Præst, der sprænger Blodet af Takofferet på Alteret.
परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ ।
15 Kødet af hans Lovprisningstakoffer skal spises på selve Offerdagen, intet de1af må gemmes til næste Morgen.
धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।
16 Er hans Offergaver derimod et Løfteoffer eller et Frivilligoffer, skal det vel spises på selve Offerdagen, men hvad der levnes, må spises Dagen efter;
तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।
17 men hvad der så er tilbage af Offerkødet, skal opbrændes på den tredje Dag;
तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् ।
18 og hvis der spises noget af hans Takoffers Kød på den tredje Dag, så vil den, som bringer Offeret, ikke kunne finde Guds Velbehag, det skal ikke tilregnes ham, men regnes for urent Kød, og den, der spiser deraf, skal undgælde for sin Brøde.
यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ ।
19 Det Kød, der kommer i Berøring med noget som helst urent, må ikke spises, det skal opbrændes. I øvrigt må enhver, der er ren, spise Kødet;
कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।
20 men enhver, som i uren Tilstand spiser Kød af HERRENs Takoffer, skal udryddes af sin Slægt;
तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
21 og når nogen rører ved noget urent, enten menneskelig Urenhed eller urent Kvæg eller nogen Slags urent Kryb, og så spiser Kød af HERRENs Takoffer, skal han udryddes af sin Slægt.
यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”
22 HERREN talede fremdeles til Moses og sagde:
अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
23 Tal til Israeliterne og sig: I må ikke spise noget som helst Fedt af Okser, Får eller Geder.
“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू ।
24 Fedt af selvdøde og sønderrevne Dyr må bruges til alt, men I må under ingen Omstændigheder spise det.
बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू ।
25 Thi enhver, der spiser Fedtet af det Kvæg, hvoraf der bringes HERREN Ildofre, den, der spiser noget deraf, skal udryddes af sit Folk.
परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
26 Og I må heller ikke nyde noget som helst Blod af Fugle eller Kvæg, hvor I end opholder eder;
तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
27 enhver, der nyder noget som helst Blod, skal udryddes af sin Slægt.
जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्’ ।”
28 HERREN talede fremdeles til Moses og sagde:
परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
29 Tal til Israeliterne og sig: Den, der bringer HERREN sit Takoffer, skal af sit Takoffer frembære for HERREN den ham tilkommende Offergave;
“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् ।
30 med egne Hænder skal han frembære HERRENs Ildofre. Han skal frembære Fedtet tillige med Brystet; Brystet, for at Svingningen kan udføres dermed for HERRENs Åsyn;
आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् ।
31 og Præsten skal bringe Fedtet som Røgoffer på Alteret, men Brystet skal tilfalde Aron og hans Sønner.
पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ ।
32 Desuden skal I give Præsten højre Kølle som Offerydelse af eders Takofre.
तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू ।
33 Den af Arons Sønner, der frembærer Takofferets Blod og Fedtet, ham tilfalder højre Kølle som hans Del.
हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् ।
34 Thi Svingningsbrystet og Offerydelseskøllen tager jeg fra Israeliterne af deres Takofre og giver dem til Præsten Aron og hans Sønner, en evig gyldig Rettighed, som de har Krav på hos Israeliterne.
किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ ।
35 Det er Arons og hans Sønners Del af HERRENs Ildofre, den, som blev givet dem, den dag han lod dem træde frem for at gøre Præstetjeneste for HERREN,
पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो ।
36 den, som HERREN, den Dag han salvede dem, bød Israeliterne at give dem, en evig gyldig Rettighed, som de har Krav på fra Slægt til Slægt.
परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ ।
37 Det er Loven om Brændofferet, Afgrødeofferet, Syndofferet, Skyldofferet, Indsættelsesofferet og Takofferet,
होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,
38 som HERREN pålagde Moses på Sinaj Bjerg, den Dag han bød Israeliterne at bringe HERREN deres Offergaver i Sinaj Ørken.
जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”

< 3 Mosebog 7 >