< Job 32 >

1 Da nu hine tre Mænd ikke mere svarede Job, fordi han var retfærdig i sine egne Øjne,
त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए ।
2 blussede Vreden op i Buziten Elihu, Barak'els Søn, af Rams Slægt. På Job vrededes han, fordi han gjorde sig retfærdigere end Gud,
त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
3 og på hans tre Venner, fordi de ikke fandt noget Svar og dog dømte Job skyldig.
तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।
4 Elihu havde ventet, så længe de talte med Job, fordi de var ældre end han;
अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए ।
5 men da han så, at de tre Mænd intet havde at svare, blussede hans Vrede op;
तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
6 og Buziten Elihu, Barak'els Søn, tog til Orde og sagde: Ung af Dage er jeg, og I er gamle Mænd, derfor holdt jeg mig tilbage, angst for at meddele eder min Viden;
तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ ।
7 jeg tænkte: "Lad Alderen tale og Årenes Mængde kundgøre Visdom!"
मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
8 Dog Ånden, den er i Mennesket, og den Almægtiges Ånde giver dem Indsigt;
तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ ।
9 de gamle er ikke altid de kloge, Oldinge ved ej altid, hvad Ret er;
महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
10 derfor siger jeg: Hør mig, lad også mig komme frem med min Viden!
यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’
11 Jeg biede på, at I skulde tale, lyttede efter forstandige Ord, at I skulde finde de rette Ord;
हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
12 jeg agtede nøje på eder; men ingen af eder gendrev Job og gav Svar på hans Ord.
वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन ।
13 Sig nu ikke: "Vi stødte på Visdom, Gud må fælde ham, ikke et Menneske!"
'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।
14 Mod mig har han ikke rettet sin Tale, og med eders Ord vil jeg ikke svare ham.
किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
15 De blev bange, svarer ej mer, for dem slap Ordene op.
यी तिन जना मानिसका बोली बन्‍द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्‍नलाई एउटै शब्द पनि छैन ।
16 Skal jeg tøve, fordi de tier og står der uden at svare et Ord?
तिनीहरू बोल्‍दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू?
17 Også jeg vil svare min Del, også jeg vil frem med min Viden!
अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।
18 Thi jeg er fuld af Ord, Ånden i mit Bryst trænger på;
किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ ।
19 som tilbundet Vin er mit Bryst, som nyfyldte Vinsække nær ved at sprænges;
मेरो छाती फुल्‍दै गरेको दाखमद्यझैं भएको छ जसको प्‍वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
20 tale vil jeg for at få Luft, åbne mine Læber og svare.
म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु ।
21 Forskel gør jeg ikke og smigrer ikke for nogen;
म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।
22 thi at smigre bruger jeg ikke, snart rev min Skaber mig ellers bort!
किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।

< Job 32 >