< 1 Mosebog 40 >

1 Nogen Tid efter hændte det, at Ægypterkongens Mundskænk og Bager forbrød sig mod deres Herre Ægypterkongen,
मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।
2 og Farao vrededes på sine to Hofmænd, Overmundskænken og Overbageren,
आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।
3 og lod dem sætte i Forvaring i Livvagtens Øverstes Hus, i samme Fængsel, hvor Josef sad fængslet;
उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।
4 og Livvagtens Øverste gav dem Josef til Opvartning, og han gik dem til Hånde. Da de nu havde været i Forvaring en Tid lang,
अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।
5 drømte Ægypterkongens Mundskænk og Bager, som sad i Fængselet, samme Nat hver sin Drøm med sin særlige Betydning.
ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
6 Da Josef om Morgenen kom ind til Faraos Hofmænd, der sammen med ham var i Forvaring i hans Herres Hus, og så, at de var nedslåede,
योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।
7 spurgte han dem: "Hvorfor ser I så ulykkelige ud i Dag?"
उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”
8 Besvarede: "Vi har haft en Drøm, og her er ingen, som kan tyde den." Da sagde Josef til dem: "Er det ikke Guds Sag at tyde Drømme? Fortæl mig det da!"
तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
9 Så fortalte Overmundskænken Josef sin Drøm og sagde: "Jeg så i Drømme en Vinstok for mig;
मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
10 på Vinstokken var der tre Ranker, og næppe havde den sat Skud. før Blomsterne sprang ud, og Klaserne bar modne Druer;
त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके ।
11 og jeg havde Faraos Bæger i Hånden og tog Druerne og pressede dem i Faraos Bæger og rakte Farao det."
फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”
12 Da sagde Josef: "Det skal udtydes således: De tre Ranker betyder tre Dage;
योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।
13 om tre Dage skal Farao løfte dit Hoved og genindsætte dig i dit Embede, så du atter rækker Farao Bægeret som før, da du var hans Mundskænk.
तिन दिनभित्र फारोले तपाईंको शिर उच्‍च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।
14 Vilde du nu blot tænke på mig, når det går dig vel, og vise mig Godhed og omtale mig for Farao og således hjælpe mig ud af dette Hus;
तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।
15 thi jeg er stjålet fra Hebræernes Land og har heller ikke her gjort noget, de kunde sætte mig i Fængsel for."
किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”
16 Da nu Overbageren så, at Josef gav Mundskænken en gunstig Tydning, sagde han til ham: "Jeg havde en lignende Drøm: Se, jeg bar tre Kurve Hvedebrød på mit Hoved.
जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।
17 I den øverste Kurv var der alle Hånde Bagværk til Faraos Bord, men Fuglene åd det af Kurven på mit Hoved!"
सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”
18 Da sagde Josef: "Det skal udtydes således: De tre Kurve betyder tre Dage;
योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।
19 om tre Dage skal Farao løfte dit Hoved og hænge dig op på en Pæl, og Fuglene skal æde Kødet af din Krop!"
तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”
20 Tre Dage efter, da det var Faraos Fødselsdag, gjorde han et Gæstebud for alle sine Tjenere, og da løftede han Overmundskænkens og Overbagerens, Hoveder iblandt sine Tjenere.
त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।
21 Overmundskænken genindsatte han i hans Embede, så han atter rakte Farao Bægeret,
तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।
22 og Overbageren lod han hænge, som Josef havde tydet det for dem.
तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।
23 Men Overmundskænken tænkte ikke på Josef; han glemte ham.
मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।

< 1 Mosebog 40 >