< Anden Kongebog 25 >

1 I hans niende Regeringsår på den tiende Dag i den tiende Måned drog Kong Nebukadnezar af Babel da med hele sin Hær mod Jerusalem og belejrede det, og de byggede Belejringstårne imod det rundt omkring;
राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।
2 og Belejringen varede til Kong Zedekias's ellevte Regeringsår.
त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो ।
3 På den niende Dag i den fjerde Måned blev Hungersnøden hård i Byen, og Folket fra Landet havde ikke Brød.
त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।
4 Da blev Byens Mur gennembrudt. Kongen og alle Krigsfolkene flygtede om Natten gennem Porten mellem de to Mure ved Kongens Have, medens Kaldæerne holdt Byen omringet, og han tog Vejen ad Arabalavningen til.
तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए ।
5 Men Kaldæernes Hær satte efter Kongen og indhentede ham på Jerikosletten, efter at hele hans Hær var blevet splittet til alle Sider.
तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।
6 Så greb de Kongen og bragte ham op til Ribla til Babels Konge, der fældede Dommen over ham.
तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए ।
7 Hans Sønner lod han henrette i hans Påsyn, og på Zedekias selv lod han Øjnene stikke ud; derpå lod han ham lægge i Kobberlænker, og således førte de ham til Babel.
तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।
8 På den syvende Dag i den femte Måned, det var Babels Konge Nebukadnezars nittende Regeringsår, kom Nebuzaradan, Øversten for Livvagten, Babels Konges Tjener, til Jerusalem.
अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए ।
9 Han satte Ild på HERRENs Hus og Kongens Palads og alle Husene i Jerusalem; på alle Stormændenes Huse satte han Ild;
परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए ।
10 og Murene om Jerusalem nedbrød alle Kaldæernes Folk, som Øversten for Livvagten havde med sig.
अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए ।
11 De sidste Folk, som var tilbage i Byen, og Overløberne, der var gået over til Babels Konge, og, de sidste Håndværkere førte Nebuzaradan, Øversten for Livvagten, bort.
बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।
12 Men nogle af de fattigste at Folket fra Landet lod Øversten for Livvagten blive tilbage som Vingårdsmænd og Agerdyrkere.
तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए ।
13 Kobbersøjlerne i HERRENs Hus, Stellene og Kobberhavet i HERRENs Hus slog Kaldæerne i Stykker og førte Kobberet til Babel.
परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे ।
14 Karrene, Skovlene, Hnivene, Kanderne og alle Kobbersagerne, som brugtes ved Tjenesten, røvede de;
भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे ।
15 også Panderne og Skålene, alt, hvad der helt var af Guld eller Sølv, røvede Øversten for Livvagten.
राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।
16 De to Søjler, Havet og Stellene, som Salomo havde ladet lave til HERRENs Hus - Kobberet i alle disse Ting var ikke til at veje.
सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।
17 Atten Alen høj var den ene Søjle, og der var et Søjlehoved af Kobber oven på den, tre Alen højt, og rundt om Søjlehovederne var der Fletværk og Granatæbler, alt af Kobber; og på samme Måde var det med den anden Søjle.
पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो ।
18 Øversten for Livvagten tog Ypperstepræsten Seraja, Andenpræsten Zefanja og de tre Dørvogtere;
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
19 og fra Byen tog han en Hofmand, der havde Opsyn med Krigs folket, og fem Mænd, der hørte til Kongens nærmeste Omgivelser, og som endnu fandtes i Byen, desuden Hærførerens Skriver, der udskrev Folket fra Landet til Krigstjeneste, og dertil tresindstyve Mænd af Folket fra Landet, der fandtes i Byen,
सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे ।
20 dem tog Øversten for Livvagten Nebuzaradan og førte til Babels Konge i Ribla;
तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए ।
21 og Babels Konge lod dem dræbe i Ribla i Hamats Land. Så førtes Juda i Landflygtighed fra sit Land.
बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
22 Over de Folk, der blev tilbage i Judas Land, dem, Babels Konge Nebukadnezar lod blive tilbage, satte han Gedalja, Ahikams Søn, Sjafans Sønnesøn.
बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे ।
23 Da nu alle Hærførerne med deres Folk hørte, at Babels Konge havde indsat Gedalja, kom de til ham i Mizpa, Jisjmael, Netanjas Søn, Johanan, Bareas Søn, Seraja, Tanhumets Søn fra Netofa, og Ja'azanja, Ma'akatitens Søn, tillige med deres Folk.
बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
24 Og Gedalja besvor dem og deres Folk og sagde: "Frygt ikke for Kaldæerne! Bliv i Landet og underkast eder Babels Konge, så vil det gå eder vel!"
गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, “कल्दीका अधिकारीहरूदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ ।”
25 Men i den syvende Måned kom Jisjmael, Netanjas Søn, Elisjamas Sønnesøo, en Mand af kongelig Byrd, med ti Mænd og slog Gedalja ihjel tillige med de Judæere og Kaldæere, der var hos ham i Mizpa.
तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो ।
26 Da brød hele Folket, store og små, og Hærførerne op og drog til Ægypten; thi de frygtede for Kaldæerne.
तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए ।
27 I det syv og tredivte År efter Kong Jojakin af Judas Bortførelse på den syv og tyvende Dag i den tolvte Måned tog Babels Konge Evil-Merodak, der i det År kom på Tronen, Kong Jojakin af Juda til Nåde og førte ham ud af Fængselet.
यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए । एबील-मरोदकले राज्‍य गर्न सरु गरेको वर्षमा यो भएको थियो ।
28 Han talte ham venligt til og gav ham Sæde oven for de Konger, der var hos ham i Babel.
राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए ।
29 Jojakin aflagde sin Fangedragt og spiste daglig hos ham, så længe han levede.
एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए ।
30 Han fik sit daglige Underhold af Kongen, hver Dag hvad han behøvede for den Dag, så længe han levede.
तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।

< Anden Kongebog 25 >