< 1 Samuel 25 >

1 Da Samuel var død, samledes hele Israel og holdt Klage over ham; og man jordede ham i hans Hjem i Rama. Derpå brød David op og drog ned til Maons Ørken.
शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।
2 I Maon boede en Mand, som havde sin Bedrift i Karmel; denne Mand var hovedrig, han havde 3000 får og 1000 Geder; og han var netop i Karmel til Fåreklipning.
माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो ।
3 Manden hed Nabal, hans Hustru Abigajil; hun var en klog og smuk Kvinde, medens Manden var hård og ond. Han var Kalebit.
त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्‍नीको नाउँ अबीगेल थियो । ती स्‍त्री बुद्धिमती र देख्‍नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।
4 Da David ude i Ørkenen hørte, at Nabal havde Fåreklipning,
नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।
5 sendte han ti af sine Folk af Sted og sagde til dem: "Gå op til Karmel, og når l kommer til Nabal, så hils ham fra mig
त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।
6 og sig til min Broder: Fred være med dig, Fred være med dit Hus, og Fred være med alt, hvad dit er!
तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् ।
7 Jeg har hørt, at du har Fåreklipning. Nu har dine Hyrder opholdt sig hos os; vi har ikke fornærmet dem, og de har intet mistet, i al den Tid de har været i Karmel;
तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौं र तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् ।
8 spørg kun dine Folk, så skal de fortælle dig det. Fat Godhed for Folkene! Vi kommer jo til en Festdag; giv dine Trælle og din Søn David, hvad du vil unde os!"
तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”
9 Davids Folk kom hen og sagde alt dette til Nabal fra David og biede så på Svar.
जब दाऊदका जवान मानिसहरू आइपुगे, तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने र प्रतिक्षा गरे ।
10 Men Nabal svarede Davids Folk: "Hvem er David, hvem er Isajs Søn? Nu til Dags er der så mange Trælle, der løber fra deres Herre.
नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन् ।
11 Skulde jeg tage mit Brød, min Vin og mit Slagtekvæg, som jeg har slagtet til mine Fåreklippere, og give det til Mænd, jeg ikke ved, hvor er fra?"
के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?”
12 Så begav Davids Folk sig på Hjemvejen, og da de kom tilbage, fortalte de ham det hele:
त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
13 Da sagde David til sine Folk:"Spænd alle eders Sværd ved Lænd!" Da spændte de alle deres Sværd om, også David. Og henved 400 Mand fulgte David, medens 200 blev ved Trosset.
दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ‍-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
14 Men en af Folkene fortalte Nabals Hustru Abigajil det og sagde: "David sendte Bud fra Ørkenen for at hilse på vor Herre; men han overfusede dem,
तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
15 skønt de Mænd har været meget gode mod os og ikke fornærmet os, og vi har intet mistet, i al den Tid vi færdedes sammen med dem, da vi var ude i Marken.
तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए । हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा र हामीलाई कुनै हानि भएन र कुनै कुरा पनि गुामएनौं ।
16 De var en Mur om os både Nat og Dag, i al den Tid vi vogtede Småkvæget i Nærheden af dem.
हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।
17 Se nu til, hvad du vil gøre, thi Ulykken hænger over Hovedet på vor Herre og hele hans Hus; han selv er jo en Usling, man ikke kan tale med!"
यसकारण यो कुरा जान्‍नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो वेकामको मानिस हुनुहुन्‍छ, उहासँग कसैले वहस गर्न सक्दैन ।”
18 Så gik Abigajil straks hen og tog 200 Brød, to Dunke Vin, fem tillavede Får, fem Sea ristet Korn, 100 Rosinkager og 200 Figenkager, lagde det på Æslerne
अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।
19 og sagde til sine Karle: "Gå i Forvejen, jeg kommer bagefter!" Men sin Mand Nabal sagde hun intet derom.
तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, “मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।” तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् ।
20 Som hun nu på sit Æsel red ned ad Vejen i Skjul af Bjerget, kom David og hans Mænd ned imod hende, så hun mødte dem.
जसै तिनी आफ्‍नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।
21 Men David havde sagt: "Det er slet ingen Nytte til, at jeg i Ørkenen har værnet om alt, hvad den Mand ejede, så intet deraf gik tabt; han har gengældt mig godt med ondt.
दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
22 Gud ramme David både med det ene og det andet, om jeg levner noget mandligt Væsen af alt, hvad hans er, til Morgenens Frembrud!"
भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”
23 Da Abigajil fik Øje på David, sprang hun straks af Æselet og kastede sig ned for David på sit Ansigt, bøjede sig til Jorden,
जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
24 faldt ned for hans Fødder og sagde: "Skylden er min, Herre! Lad din Trælkvinde tale til dig og hør din Trælkvindes Ord!
तिनी दाऊदको पाउमा परिन् र भनिन्, “हे मेरो मालिक, सारा दोष ममाथि नै परोस् । कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् र आफ्‍नो दासीको कुरा सुन्‍नुहोस् ।
25 Min Herre må ikke regne med den Usling fil Nabal! Han svarer til sit Navn; Nabal hedder han, og fuld af Dårskab er han; men jeg, din Trælkvinde, så ikke min Herres Folk, som du sendte hid.
मेरो मालिकले यो वेकामको मानिस नाबालको ख्याल नगर्नुहोस्, किनकि जस्‍तो उसको नाम छ ऊ त्यस्तै छ । उसको नाम नाबाल हो र उससँग मूर्खता छ । तर मेरो मालिकले पठाउनुभएका हजुरका जवान मानिसहरूलाई म तपाईंकी दासीले देखिन ।
26 Men nu, min Herre, så sandt HERREN lever, og så sandt du lever, du, hvem HERREN har holdt fra at pådrage dig Blodskyld og tage dig selv til Rette: Måtte det gå dine Fjender og dem, som pønser på ondt mod min Herre, som Nabal!
अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न र आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन् ।
27 Lad nu Folkene, som følger min Herre, få denne Gave, som din Trælkvinde bringer min Herre.
अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस् ।
28 Tilgiv dog din Trælkvinde hendes Brøde; thi HERREN vil visselig bygge min Herre et Hus, som skal stå, eftersom min Herre fører HERRENs Krige, og der ikke har været noget ondt at finde hos dig, så længe du har levet.
कृपया आफ्‍नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्‍चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जिवित बएसम्‍म तपाईंमा कुनै खराबी भेट्टाइने छैन ।
29 Og skulde nogen rejse sig for at forfølge dig og stå dig efter Livet, måtte da min Herres Liv være bundet i de levendes Knippe hos HERREN din Gud; men dine Fjenders Liv slynge han bort med Slyngeskålen!
तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्‍वरले जीवितहरूको मुट्ठामा बाँध्‍नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्‍नुहुनेछ ।
30 Når HERREN så for min Herre opfylder alt det gode, han lovede dig, og sætter dig til Fyrste over Israel,
परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।
31 da får du ikke dette at bebrejde dig selv, og min Herre får ikke Samvittighedsnag af, at han uden Grund udgød Blod, og at min Herre tog sig selv til Rette. Og når HERREN gør vel imod min Herre, kom da din Trælkvinde i Hu!"
तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्‍नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।”
32 Da sagde David til Abigajil: "Priset være HERREN, Israels Gud, som i Dag sendte mig dig i Møde,
दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।
33 priset være din Klogskab, og priset være du selv, som i bag holdt mig fra at pådrage mig Blodskyld og tage mig selv til Rette!
तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!
34 Men så sandt HERREN, Israels Gud, lever, som holdt mig fra at gøre dig Men: Hvis du ikke var ilet mig i Møde, var ikke et mandligt Væsen levnet Nabal til i Morgen!"
किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्‍वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्‍याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्‍न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।”
35 Og David modtog af hende, hvad hun havde bragt ham, og sagde til hende: "Gå op til dit Hus i Fred! Jeg har lånt dig Øre og opfyldt dit Ønske."
त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।”
36 Da Abigajil kom hjem til Nabal, holdt han netop i sit Hus et Gæstebud som en Konges; og da han var glad og stærkt beruset, sagde hun ham ikke det mindste, før det dagedes.
अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
37 Men om Morgenen, da Nabals Rus var ovre, fortalte hans Hustru ham Sagen. Da lammedes Hjertet i hans Bryst, og han blev som Sten;
बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्‍नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्‍यो र ऊ ढुङ्गाजस्तो भयो ।
38 og en halv Snes Dage efter slog HERREN Nabal, så han døde.
दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्‍यो ।
39 Da David fik at vide, at Nabal var død, sagde han: "Lovet være HERREN, som har hævnet den Krænkelse, Nabal tilføjede mig, og holdt sin Tjener fra at gøre ondt; HERREN har ladet Nabals Ondskab falde tilbage på hans eget Hoved!" Derpå sendte David Bud og bejlede til Abigajil.
जब नाबाल मर्‍यो भन्‍ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्‍ट कामलाई उसैको आफ्‍नै शिरमा खन्‍याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।
40 Og da Davids Trælle kom til Abigajil i Karmel, talte de således til hende: "David har sendt os til dig for at bejle til dig!"
जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।”
41 Da rejste hun sig, bøjede sig med Ansigtet mod Jorden og sagde: "Din Tjenerinde er rede til at blive min Herres Trælkvinde og tvætte hans Trælles Fødder!"
उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”
42 Så stod Abigajil hastigt op og satte sig på sit Æsel, og hendes fem Piger ledsagede hende; og hun fulgte med Davids Sendebud og blev hans Hustru.
अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्‍नी भइन् ।
43 Desuden havde David ægtet Ahinoam fra Jizre'el. Således blev de begge to hans Hustruer.
यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्‍नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्‍नीहरू भए ।
44 Men Saul gav sin Datter Mikal, Davids Hustru, til Palti, Lajisj's Søn, fra Gallim.
साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।

< 1 Samuel 25 >