< حِزْقِيَال 16 >

وَكَانَتْ إِلَيَّ كَلِمَةُ ٱلرَّبِّ قَائِلَةً: ١ 1
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
«يَا ٱبْنَ آدَمَ، عَرِّفْ أُورُشَلِيمَ بِرَجَاسَاتِهَا، ٢ 2
“ए मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा कामहरूका बारेमा जानकारी दे,
وَقُلْ: هَكَذَا قَالَ ٱلسَّيِّدُ ٱلرَّبُّ لِأُورُشَلِيمَ: مَخْرَجُكِ وَمَوْلِدُكِ مِنْ أَرْضِ كَنْعَانَ. أَبُوكِ أَمُورِيٌّ وَأُمُّكِ حِثِّيَّةٌ. ٣ 3
र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई ।
أَمَّا مِيلَادُكِ يَوْمَ وُلِدْتِ فَلَمْ تُقْطَعْ سُرَّتُكِ، وَلَمْ تُغْسَلِي بِٱلْمَاءِ لِلتَّنَظُّفِ، وَلَمْ تُمَلَّحِي تَمْلِيحًا، وَلَمْ تُقَمَّطِي تَقْمِيطًا. ٤ 4
जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री ।
لَمْ تَشْفُقْ عَلَيْكِ عَيْنٌ لِتَصْنَعَ لَكِ وَاحِدَةً مِنْ هَذِهِ لِتَرِقَّ لَكِ، بَلْ طُرِحْتِ عَلَى وَجْهِ ٱلْحَقْلِ بِكَرَاهَةِ نَفْسِكِ يَوْمَ وُلِدْتِ. ٥ 5
तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।
فَمَرَرْتُ بِكِ وَرَأَيْتُكِ مَدُوسَةً بِدَمِكِ، فَقُلْتُ لَكِ: بِدَمِكِ عِيشِي، قُلْتُ لَكِ: بِدَمِكِ عِيشِي. ٦ 6
तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्‍नै रगतमा लट्‌पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।” तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।”
جَعَلْتُكِ رَبْوَةً كَنَبَاتِ ٱلْحَقْلِ، فَرَبَوْتِ وَكَبُرْتِ، وَبَلَغْتِ زِينَةَ ٱلْأَزْيَانِ. نَهَدَ ثَدْيَاكِ، وَنَبَتَ شَعْرُكِ وَقَدْ كُنْتِ عُرْيَانَةً وَعَارِيَةً. ٧ 7
मैले तँलाई मैदानको बोटजस्‍तै बढ्‌न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्‍त्रहीन भए तापनि तेरा स्‍तनहरू कडा भए, र तेरो कपाल बक्‍लो भयो ।
فَمَرَرْتُ بِكِ وَرَأَيْتُكِ، وَإِذَا زَمَنُكِ زَمَنُ ٱلْحُبِّ. فَبَسَطْتُ ذَيْلِي عَلَيْكِ وَسَتَرْتُ عَوْرَتَكِ، وَحَلَفْتُ لَكِ، وَدَخَلْتُ مَعَكِ فِي عَهْدٍ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ، فَصِرْتِ لِي. ٨ 8
म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
فَحَمَّمْتُكِ بِٱلْمَاءِ، وَغَسَلْتُ عَنْكِ دِمَاءَكِ، وَمَسَحْتُكِ بِٱلزَّيْتِ، ٩ 9
यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें ।
وَأَلْبَسْتُكِ مُطَرَّزَةً، وَنَعَلْتُكِ بِٱلتُّخَسِ، وَأَزَّرْتُكِ بِٱلْكَتَّانِ، وَكَسَوْتُكِ بَزًّا، ١٠ 10
तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।
وَحَلَّيْتُكِ بِٱلْحُلِيِّ، فَوَضَعْتُ أَسْوِرَةً فِي يَدَيْكِ وَطَوْقًا فِي عُنُقِكِ. ١١ 11
त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।
وَوَضَعْتُ خِزَامَةً فِي أَنْفِكِ وَأَقْرَاطًا فِي أُذُنَيْكِ وَتَاجَ جَمَالٍ عَلَى رَأْسِكِ. ١٢ 12
मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।
فَتَحَلَّيْتِ بِٱلذَّهَبِ وَٱلْفِضَّةِ، وَلِبَاسُكِ ٱلْكَتَّانُ وَٱلْبَزُّ وَٱلْمُطَرَّزُ. وَأَكَلْتِ ٱلسَّمِيذَ وَٱلْعَسَلَ وَٱلزَّيْتَ، وَجَمُلْتِ جِدًّا جِدًّا، فَصَلُحْتِ لِمَمْلَكَةٍ. ١٣ 13
यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ ।
وَخَرَجَ لَكِ ٱسْمٌ فِي ٱلْأُمَمِ لِجَمَالِكِ، لِأَنَّهُ كَانَ كَامِلًا بِبَهَائِي ٱلَّذِي جَعَلْتُهُ عَلَيْكِ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ. ١٤ 14
तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
«فَٱتَّكَلْتِ عَلَى جَمَالِكِ، وَزَنَيْتِ عَلَى ٱسْمِكِ، وَسَكَبْتِ زِنَاكِ عَلَى كُلِّ عَابِرٍ فَكَانَ لَهُ. ١٥ 15
तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।
وَأَخَذْتِ مِنْ ثِيَابِكِ وَصَنَعْتِ لِنَفْسِكِ مُرْتَفَعَاتٍ مُوَشَّاةٍ، وَزَنَيْتِ عَلَيْهَا. أَمْرٌ لَمْ يَأْتِ وَلَمْ يَكُنْ. ١٦ 16
तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।
وَأَخَذْتِ أَمْتِعَةَ زِينَتِكِ مِنْ ذَهَبِي وَمِنْ فِضَّتِي ٱلَّتِي أَعْطَيْتُكِ، وَصَنَعْتِ لِنَفْسِكِ صُوَرَ ذُكُورٍ وَزَنَيْتِ بِهَا. ١٧ 17
मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।
وَأَخَذْتِ ثِيَابَكِ ٱلْمُطَرَّزَةَ وَغَطَّيْتِهَا بِهَا، وَوَضَعْتِ أَمَامَهَا زَيْتِي وَبَخُورِي. ١٨ 18
तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ ।
وَخُبْزِي ٱلَّذِي أَعْطَيْتُكِ، ٱلسَّمِيذَ وَٱلزَّيْتَ وَٱلْعَسَلَ ٱلَّذِي أَطْعَمْتُكِ، وَضَعْتِهَا أَمَامَهَا رَائِحَةَ سُرُورٍ. وَهَكَذَا كَانَ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ. ١٩ 19
मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
«أَخَذْتِ بَنِيكِ وَبَنَاتِكِ ٱلَّذِينَ وَلَدْتِهِمْ لِي، وَذَبَحْتِهِمْ لَهَا طَعَامًا. أَهُوَ قَلِيلٌ مِنْ زِنَاكِ ٢٠ 20
अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्?
أَنَّكِ ذَبَحْتِ بَنِيَّ وَجَعَلْتِهِمْ يَجُوزُونَ فِي ٱلنَّارِ لَهَا؟ ٢١ 21
तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् ।
وَفِي كُلِّ رَجَاسَاتِكِ وَزِنَاكِ لَمْ تَذْكُرِي أَيَّامَ صِبَاكِ، إِذْ كُنْتِ عُرْيَانَةً وَعَارِيَةً وَكُنْتِ مَدُوسَةً بِدَمِكِ. ٢٢ 22
तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।
وَكَانَ بَعْدَ كُلِّ شَرِّكِ. وَيْلٌ، وَيْلٌ لَكِ! يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ، ٢٣ 23
धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै
أَنَّكِ بَنَيْتِ لِنَفْسِكِ قُبَّةً وَصَنَعْتِ لِنَفْسِكِ مُرْتَفَعَةً فِي كُلِّ شَارِعٍ. ٢٤ 24
तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ ।
فِي رَأْسِ كُلِّ طَرِيقٍ بَنَيْتِ مُرْتَفَعَتَكِ وَرَجَّسْتِ جَمَالَكِ، وَفَرَّجْتِ رِجْلَيْكِ لِكُلِّ عَابِرٍ وَأَكْثَرْتِ زِنَاكِ. ٢٥ 25
हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ ।
وَزَنَيْتِ مَعَ جِيرَانِكِ بَنِي مِصْرَ ٱلْغِلَاظِ ٱللَّحْمِ، وَزِدْتِ فِي زِنَاكِ لِإِغَاظَتِي. ٢٦ 26
यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस्, र वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्‌ ।
«فَهَأَنَذَا قَدْ مَدَدْتُ يَدِي عَلَيْكِ، وَمَنَعْتُ عَنْكِ فَرِيضَتَكِ، وَأَسْلَمْتُكِ لِمَرَامِ مُبْغِضَاتِكِ، بَنَاتِ ٱلْفِلِسْطِينِيِّينَ، ٱللَّوَاتِي يَخْجَلْنَ مِنْ طَرِيقِكِ ٱلرَّذِيلَةِ. ٢٧ 27
हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।
وَزَنَيْتِ مَعَ بَنِي أَشُّورَ، إِذْ كُنْتِ لَمْ تَشْبَعِي فَزَنَيْتِ بِهِمْ، وَلَمْ تَشْبَعِي أَيْضًا. ٢٨ 28
तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।
وَكَثَّرْتِ زِنَاكِ فِي أَرْضِ كَنْعَانَ إِلَى أَرْضِ ٱلْكَلْدَانِيِّينَ، وَبِهَذَا أَيْضًا لَمْ تَشْبَعِي. ٢٩ 29
कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन ।
مَا أَمْرَضَ قَلْبَكِ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ، إِذْ فَعَلْتِ كُلَّ هَذَا فِعْلَ ٱمْرَأَةٍ زَانِيَةٍ سَلِيطَةٍ، ٣٠ 30
तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?
بِبِنَائِكِ قُبَّتَكِ فِي رَأْسِ كُلِّ طَرِيقٍ، وَصُنْعِكِ مُرْتَفَعَتَكِ فِي كُلِّ شَارِعٍ. وَلَمْ تَكُونِي كَزَانِيَةٍ، بَلْ مُحْتَقَرةً ٱلْأُجْرَةَ. ٣١ 31
हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् ।
أَيَّتُهَا ٱلزَّوْجَةُ ٱلْفَاسِقَةُ، تَأْخُذُ أَجْنَبِيِّينَ مَكَانَ زَوْجِهَا. ٣٢ 32
तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।
لِكُلِّ ٱلزَّوَانِي يُعْطُونَ هَدِيَّةً، أَمَّا أَنْتِ فَقَدْ أَعْطَيْتِ كُلَّ مُحِبِّيكِ هَدَايَاكِ، وَرَشَيْتِهِمْ لِيَأْتُوكِ مِنْ كُلِّ جَانِبٍ لِلزِّنَا بِكِ. ٣٣ 33
मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ ।
وَصَارَ فِيكِ عَكْسُ عَادَةِ ٱلنِّسَاءِ فِي زِنَاكِ، إِذْ لَمْ يُزْنَ وَرَاءَكِ، بَلْ أَنْتِ تُعْطِينَ أُجْرَةً وَلَا أُجْرَةَ تُعْطَى لَكِ، فَصِرْتِ بِٱلْعَكْسِ. ٣٤ 34
यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन ।
«فَلِذَلِكَ يَا زَانِيَةُ ٱسْمَعِي كَلَامَ ٱلرَّبِّ: ٣٥ 35
यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ ।
هَكَذَا قَالَ ٱلسَّيِّدُ ٱلرَّبُّ: مِنْ أَجْلِ أَنَّهُ قَدْ أُنْفِقَ نُحَاسُكِ وَٱنْكَشَفَتْ عَوْرَتُكِ بِزِنَاكِ بِمُحِبِّيكِ وَبِكُلِّ أَصْنَامِ رَجَاسَاتِكِ، وَلِدِمَاءِ بَنِيكِ ٱلَّذِينَ بَذَلْتِهِمْ لَهَا، ٣٦ 36
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,
لِذَلِكَ هَأَنَذَا أَجْمَعُ جَمِيعَ مُحِبِّيكِ ٱلَّذِينَ لَذَذْتِ لَهُمْ، وَكُلَّ ٱلَّذِينَ أَحْبَبْتِهِمْ مَعَ كُلِّ ٱلَّذِينَ أَبْغَضْتِهِمْ، فَأَجْمَعُهُمْ عَلَيْكِ مِنْ حَوْلِكِ، وَأَكْشِفُ عَوْرَتَكِ لَهُمْ لِيَنْظُرُوا كُلَّ عَوْرَتِكِ. ٣٧ 37
यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।
وَأَحْكُمُ عَلَيْكِ أَحْكَامَ ٱلْفَاسِقَاتِ ٱلسَّافِكَاتِ ٱلدَّمِ، وَأَجْعَلُكِ دَمَ ٱلسَّخْطِ وَٱلْغَيْرَةِ. ٣٨ 38
किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
وَأُسَلِّمُكِ لِيَدِهِمْ فَيَهْدِمُونَ قُبَّتَكِ وَيُهَدِّمُونَ مُرْتَفَعَاتِكِ، وَيَنْزِعُونَ عَنْكِ ثِيَابَكِ، وَيَأْخُذُونَ أَدَوَاتِ زِينَتِكِ، وَيَتْرُكُونَكِ عُرْيَانَةً وَعَارِيَةً. ٣٩ 39
तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।
وَيُصْعِدُونَ عَلَيْكِ جَمَاعَةً، وَيَرْجُمُونَكِ بِٱلْحِجَارَةِ وَيَقْطَعُونَكِ بِسُيُوفِهِمْ، ٤٠ 40
तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।
وَيُحْرِقُونَ بُيُوتَكِ بِٱلنَّارِ، وَيُجْرُونَ عَلَيْكِ أَحْكَامًا قُدَّامَ عُيُونِ نِسَاءٍ كَثِيرَةٍ. وَأَكُفُّكِ عَنِ ٱلزِّنَا، وَأَيْضًا لَا تُعْطِينَ أُجْرَةً بَعْدُ. ٤١ 41
तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ ।
وَأُحِلُّ غَضَبِي بِكِ فَتَنْصَرِفُ غَيْرَتِي عَنْكِ، فَأَسْكُنُ وَلَا أَغْضَبُ بَعْدُ. ٤٢ 42
तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्‍ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ ।
مِنْ أَجْلِ أَنَّكِ لَمْ تَذْكُرِي أَيَّامَ صِبَاكِ، بَلْ أَسْخَطْتِنِي فِي كُلِّ هَذِهِ، فَهَأَنَذَا أَيْضًا أَجْلِبُ طَرِيقَكِ عَلَى رَأْسِكِ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ، فَلَا تَفْعَلِينَ هَذِهِ ٱلرَّذِيلَةَ فَوْقَ رَجَاسَاتِكِ كُلِّهَا. ٤٣ 43
तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?
«هُوَذَا كُلُّ ضَارِبِ مَثَلٍ يَضْرِبُ مَثَلًا عَلَيْكِ قَائِلًا: مِثْلُ ٱلْأُمِّ بِنْتُهَا. ٤٤ 44
हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।”
اِبْنَةُ أُمِّكِ أَنْتِ، ٱلْكَارِهَةُ زَوْجَهَا وَبَنِيهَا. وَأَنْتِ أُخْتُ أَخَوَاتِكِ ٱللَّوَاتِي كَرِهْنَ أَزْوَاجَهُنَّ وَأَبْنَاءَهُنَّ. أُمُّكُنَّ حِثِّيَّةٌ وَأَبُوكُنَّ أَمُورِيٌّ. ٤٥ 45
तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।
وَأُخْتُكِ ٱلْكُبْرَى ٱلسَّامِرَةُ هِيَ وَبَنَاتُهَا ٱلسَّاكِنَةُ عَنْ شِمَالِكِ، وَأُخْتُكِ ٱلصُّغْرَى ٱلسَّاكِنَةُ عَنْ يَمِينِكِ هِيَ سَدُومُ وَبَنَاتُهَا. ٤٦ 46
तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
وَلَا فِي طَرِيقِهِنَّ سَلَكْتِ، وَلَا مِثْلَ رَجَاسَاتِهِنَّ فَعَلْتِ، كَأَنَّ ذَلِكَ قَلِيلٌ فَقَطْ، فَفَسَدْتِ أَكْثَرَ مِنْهُنَّ فِي كُلِّ طُرُقِكِ. ٤٧ 47
तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।
حَيٌّ أَنَا، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ، إِنَّ سَدُومَ أُخْتَكِ لَمْ تَفْعَلْ هِيَ وَلَا بَنَاتُهَا كَمَا فَعَلْتِ أَنْتِ وَبَنَاتُكِ. ٤٨ 48
जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।
هَذَا كَانَ إِثْمَ أُخْتِكِ سَدُومَ: ٱلْكِبْرِيَاءُ وَٱلشَّبَعُ مِنَ ٱلْخُبْزِ وَسَلَامُ ٱلِٱطْمِئْنَانِ كَانَ لَهَا وَلِبَنَاتِهَا، وَلَمْ تُشَدِّدْ يَدَ ٱلْفَقِيرِ وَٱلْمِسْكِينِ، ٤٩ 49
हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन ।
وَتَكَبَّرْنَ وَعَمِلْنَ ٱلرِّجْسَ أَمَامِي فَنَزَعْتُهُنَّ كَمَا رَأَيْتُ. ٥٠ 50
त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।
وَلَمْ تُخْطِئِ ٱلسَّامِرَةُ نِصْفَ خَطَايَاكِ. بَلْ زِدْتِ رَجَاسَاتِكِ أَكْثَرَ مِنْهُنَّ، وَبَرَّرْتِ أَخَوَاتِكِ بِكُلِّ رَجَاسَاتِكِ ٱلَّتِي فَعَلْتِ. ٥١ 51
सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
فَٱحْمِلِي أَيْضًا خِزْيَكِ، أَنْتِ ٱلْقَاضِيَةُ عَلَى أَخَوَاتِكِ، بِخَطَايَاكِ ٱلَّتِي بِهَا رَجَسْتِ أَكْثَرَ مِنْهُنَّ. هُنَّ أَبَرُّ مِنْكِ، فَٱخْجَلِي أَنْتِ أَيْضًا، وَٱحْمِلِي عَارَكِ بِتَبْرِيرِكِ أَخَوَاتِكِ. ٥٢ 52
विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ ।
وَأُرَجِّعُ سَبْيَهُنَّ، سَبْيَ سَدُومَ وَبَنَاتِهَا، وَسَبْيَ ٱلسَّامِرَةِ وَبَنَاتِهَا، وَسَبْيَ مَسْبِيِّيكِ فِي وَسْطِهَا، ٥٣ 53
किनकि म तिनीहरूका सुदिन— सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ ।
لِكَيْ تَحْمِلِي عَارَكِ وَتَخْزَيْ مِنْ كُلِّ مَا فَعَلْتِ بِتَعْزِيَتِكِ إِيَّاهُنَّ. ٥٤ 54
यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।
وَأَخَوَاتُكِ سَدُومُ وَبَنَاتُهَا يَرْجِعْنَ إِلَى حَالَتِهِنَّ ٱلْقَدِيمَةِ، وَٱلسَّامِرَةُ وَبَنَاتُهَا يَرْجِعْنَ إِلَى حَالَتِهِنَّ ٱلْقَدِيمَةِ، وَأَنْتِ وَبَنَاتُكِ تَرْجِعْنَ إِلَى حَالَتِكُنَّ ٱلْقَدِيمَةِ. ٥٥ 55
तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ ।
وَأُخْتُكِ سَدُومُ لَمْ تَكُنْ تُذْكَرْ فِي فَمِكِ يَوْمَ كِبْرِيَائِكِ، ٥٦ 56
तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस्,
قَبْلَ مَا ٱنْكَشَفَ شَرُّكِ، كَمَا فِي زَمَانِ تَعْيِيرِ بَنَاتِ أَرَامَ وَكُلِّ مَنْ حَوْلَهَا، بَنَاتِ ٱلْفِلِسْطِينِيِّينَ ٱللَّوَاتِي يَحْتَقِرْنَكِ مِنْ كُلِّ جِهَةٍ. ٥٧ 57
तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।
رَذِيلَتُكِ وَرَجَاسَاتُكِ أَنْتِ تَحْمِلِينَهَا، يَقُولُ ٱلرَّبُّ. ٥٨ 58
तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
«لِأَنَّهُ هَكَذَا قَالَ ٱلسَّيِّدُ ٱلرَّبُّ: إِنِّي أَفْعَلُ بِكِ كَمَا فَعَلْتِ، إِذِ ٱزْدَرَيْتِ بِٱلْقَسَمِ لِنَكْثِ ٱلْعَهْدِ. ٥٩ 59
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ ।
وَلَكِنِّي أَذْكُرُ عَهْدِي مَعَكِ فِي أَيَّامِ صِبَاكِ، وَأُقِيمُ لَكِ عَهْدًا أَبَدِيًّا. ٦٠ 60
तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।
فَتَتَذَكَّرِينَ طُرُقَكِ وَتَخْجَلِينَ إِذْ تَقْبَلِينَ أَخَوَاتِكِ ٱلْكِبَرَ وَٱلصِّغَرَ، وَأَجْعَلُهُنَّ لَكِ بَنَاتٍ، وَلَكِنْ لَا بِعَهْدِكِ. ٦١ 61
तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।
وَأَنَا أُقِيمُ عَهْدِي مَعَكِ، فَتَعْلَمِينَ أَنِّي أَنَا ٱلرَّبُّ، ٦٢ 62
म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
لِكَيْ تَتَذَكَّرِي فَتَخْزَيْ وَلَا تَفْتَحِي فَاكِ بَعْدُ بِسَبَبِ خِزْيِكِ، حِينَ أَغْفِرُ لَكِ كُلَّ مَا فَعَلْتِ، يَقُولُ ٱلسَّيِّدُ ٱلرَّبُّ». ٦٣ 63
यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

< حِزْقِيَال 16 >