< Yuhana 12 >

1 Upaska dutu nin nayiri kutocin, Yesu da Ubaitanya, kikanga na Laazaru wa duku, ulenge na awa fyaghe nkul.
निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
2 I kanjaghe imori kikane, Martari wadi nkosue, Laazaru wadi nanya nale na iwa sosin kutebul nin Yesu.
त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।
3 Maryamu yauna libon nuf nin kunya kumang na idin yicu minin nard, a titilo nabunun Yesu, a wesse abune nin titi me; kunya nnufe mala kiti vat nanya kilare.
तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
4 Umong nanyan nono katwa me, ule na idin yicu Yahuda Iskaroti, ulenge na amere ma lewu Yesu ku, woro.
उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,
5 Inyaghari nwantina ulewu nnuf mone nanya nidinari akalt atat ikossu anan diru?”
“यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
6 Awa belli nani na bara adin lanzu nkunekune nanan diruere ba, ama bara na ame ukiriari: amere wadi unan mizunu nka nikurfunghe anan se ayira litime imong nanya
त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
7 Yesu woro, “Sunnaghe ali ubun nimon ile na adi mun bara lirin nkasunigha adinsue.
येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।
8 Idi ligowe nin na nan dirre ko kome kub, na ima yitu ligowe nan mi ko kome kubi ba.”
गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
9 A Yahudawa gbardang lanza Yesu di kikane, ida, na bara Yesu cas ba, ama inan se iyene Laazaru ku, ulenge na Yesu wa fyaghe nanya nkul.
अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
10 Ama adidya na nan dursuzu kite munu tinuu imolu Laazaru ku;
मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
11 bara amere a Yahudawa gbardang wa sun nani iyinna nin Yesu.
किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।
12 Ukurtunun nkuiye anit gbardang da kitin buke. Na ilanza Yesu din cinu udak Urshalima.
अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,
13 Ibalsa incem inuzu udundi zuru ninghe, itiza ntet, iworo, “Hossana! Unan mariari ulenge na ada nanya lissa NCikilari, Ugo in Israila.”
तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”
14 Yesu se kajaki kabene a ghanaku nafo na iwa yertin.
येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,
15 “Na uwa lanza fiu ba, fe ushonon Sihiyona; yenen Ugo mine din cinu, assosin kitene kajaki kabene.”
“सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”
16 Na nono katwa me wa yinin ileli imone nin cizune ba; ama na iwa ti Yesu ku gongong, ilizino nworu ina nyertin ileli imone litime inung ani nsughe inin.
उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
17 Nene ligozin nanite na iwa di nin Yesu kube na awa yicila Laazaru ku a fyaghe nanya kissek, inung wa belu among.
उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
18 Bara nanere wati ligozin loli wa nuzu lidi zuro ninghe bara na iwa lanza asu ileli imone.
यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।
19 A farisawa woro nati mine, “Yenen, iwasa ita imonmong ba; uyii vat din dortughe.”
यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”
20 Among a Helenawa wa di nanya na lenge na iwa do nsujada kitin nbuke.
अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।
21 Inughe do kitin Filibus, ulenge na awa nuzu Nbaitanya Ngalili, itiringhe, iworo, “Cikilari tidi ninsu tiyene Yesu ku.”
यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
22 Yesu do adi bellin Andirawus ku, Andirawus nin Filibus do idi belin Yesu ku.
फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
23 Yesu kawa nani, aworo, “Kube nda nworu iti Usaun Nnit gongong.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
24 Kidegenere ndin bellu minu, se fimus ficikapa ndeo kutyin fiku, andi na nani ba, fiba lawu finin firume; ama andi fiku, fima nin maru imong iyip gbardang.
साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
25 Ame ulenge na adi nin su nlai me ama diru unin; ame ulenge na anari ulai me nanya nle uye ma ciu unin ucin du ulai nsa ligan. (aiōnios g166)
जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । (aiōnios g166)
26 Andi umong din sui katwa, na a dortui; kiti kanga na nduku, kikanere kucin ning ma yitu ku wang, andi umong din sui katwa, Uci ning ma ni unit une tikunang.
यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
27 Ayi ning nana nene; Iyaghari mma bellu? 'Ucif sui utucu nanya kubi kone?' Bara ile imonere nda ko kube.
अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
28 Ucif, ta lissafe gonggong,” Liwui nuzu kitene kani liworo, “Nna ti lining gongong, nma kur nti lining gongon tutung.”
हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
29 Ligozin nanite na iwa yissin kitene wa lanza i woro Kutelle tuto. Among woro, “Gono kadura Kutelleari nlirina ninghe.”
तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
30 Yesu kawa a woro, “Na liwui lole nda bara Menghari ba, ama bara anughere.
येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
31 Nenere idin shara in yii ulele; Nene ima ko unan tigo nyii ulele.
अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
32 A Meng, asa ifyi nanya kutyin, nma wunnu anit vat udak kitining.”
अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्‍नेछु ।”
33 Awa bellin nani adurso imus nkul ule na uma seghe.
कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
34 Ligozin kawaghe, iworo, “Tina lanza nanya nduka Kristi maso sa ligang. Iyiziari uworo, 'Ima fyu Usaun Nnit kitene gbas? Ghari Usaun Nnit une?” (aiōn g165)
भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्‍ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?” (aiōn g165)
35 Yesu woro nani, “Nkanang du kiti mine nin kubi bat. Sun ucin a nkanang dutu kiti mine, ana nsirti nsa da duru minu ba. Ulenge na adin cinu nanya nsirti na ayiru kiti kanga na adin cinu udue ba.
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
36 Yinnan a idutu nin kananghe, inan so nonon kanang.”
तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्‍नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो ।
37 Vat nin nimon izikiki gbardang na Yesu wa su nbun mine, vat nin nani na iyinna ninghe ba.
तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।
38 Bara ulirun Ishaya unan liru nin nuu Kutelle nan kulo, ule na awa woro: “Cikilari, ghari nyinna nin liru bite? Ucara Ncikilari ndurso liti kiti ghari?
यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
39 Bara ilenge imone na iwa yinnin ba, Ishaya wa kuru a belle.
यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
40 “Ana ti idu niyizi mine, amini na kuru ata nibinai mine getek; andi na nani ba, ima yenju nin niyizi mine, ikuru iyinnin nin nibinayi mine, inin kpilin, Meng nin shin ninghinu.”
“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
41 Ishaya wa belin ileli imone bara na awa yene ngongong Yesu asu uliru litime.
यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
42 Vat nin nani, among gbardang wang nanya na didyawe wa yinin nin Yesu; ana bara a Farisawa na iwa yinin ba bara iwa kala nani nanya kutii nlira.
तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
43 Iwa di nin su nzazinu nanit ukatina nani uzazinu Kutelle.
तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
44 Yesu ghatina liwui kang aworo, “Ulenge na ayinna nin mi, na Menghari a yinna mun cas ba ama umunu ulenge na ana tuyi na wang,
येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
45 ulenge na ayenei, ayene ulenge na ana tuyi.
र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
46 Meng na dak nafo nkanang nanya nyii ulele bara vat nnit ule na ayinna nin mi ama lawu nanya nsirti ba.
म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
47 Asa umong lanza uliru nighe na asu katwa mun ba, na nma sughe ushara ba; bara na nna dak nsun yii ushara ba, nna dak ntucu uyere.
यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
48 Ulenge na anari menku, amini nari userun nliru nighe di nin lenge na adin sughe ushara; ulirere na ndin bellu ma sughe ushara liri nimalin.
जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
49 Na ndin liru litining ba. Nna din su un Cifning nin na ana tuyi, ulenge na ana nii likara nliru ule na nma bellu nin liru ule na nma su.
किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।
50 Meng yiru uduka me ulai sa liganghari; bara imon ine na nna belli nafo na ame Ucif na belli inin, nanere nna bellin nani.” (aiōnios g166)
म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु । (aiōnios g166)

< Yuhana 12 >